
काठमाडौं ─ १८ जेठ २०७९
काठमाडौं, वैदेशिक रोजगारीको लागि भिजिट भिसा अहिलेको मात्र समस्या होइन । भिजिट भिसा प्रकरण वर्षौँ बित्दा पनि सरकारले यसको समाधान गर्न सकेको छैन । भिजिट भाषाका नाममा जति पनि ठगी हुने गरेको छ त्यो भने अधिकांश बेरोजगार युवायुवतीहरुमार्फत नै उठाउने गरेको पाइन्छ । जसले गर्दा बेरोजगार युवाहरुलाई ठगी र समस्यामा पारेर थप ऋणको भार बोकाउने गरेको पाइन्छ । भिजिट भिसाको नाममा ठगी प्रकरण बढ्दै गएको समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भिजिट भिसामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ राइनास नगरपालिका–३ ठेगाना भएका ४७ वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–८ ठेगाना भएका ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रंजना ढकाल प्याकुरेल, रुपन्देही देवदह नगरपालिका–५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।
Visited 10 times, 1 visit(s) today
