Fast Nepal News

बेलायतमा मौसमी नेपाली कृषि मजदुर चर्को शोषणमा परेको सार्वजनिक (रिपोर्टसहित)

banner single news

बेलायत ─ १८ जेठ २०७९

बेलायत, बेलायतमा नेपाली कृषि मजदुर चर्को शोषणमा परेको सार्वजनिक भएको छ । बेलायतको व्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाको संयुक्त खोजले यो विषय सार्वजनिक गरेपछि सिजनल रोजगारीका लागि ल्याइएका मौसमी कामदार भर्नाको ठगी विश्वव्यापी बहसको विषय बनेको छ । फलफूल तथा तरकारी टिप्ने कामका लागि बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्म लगिएका नेपाली ठगिएको अध्ययनले देखाएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट निर्णय लागू गरेको ६ वर्ष भइसकेको छ

तर ६ महिनाको मौषमी कामका लागि ५ लाख रुपैयाँ एजेन्टलाई तिर्नुपरेको बेलायत आइपुगेका नेपालीहरूले अनुसन्धानकर्ताहरूलाई बताएको दि गार्डियनले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेकोे छ । कामदारहरूले जोन खड्काले सञ्चालन गरेकोे नेपाली कम्पनी ‘माइ करिअर एचआर सोलुसन्स’लाई ५ लाख रूपैयाँ तिरेको बताएका छन् । बेलायतमा हवाई टिकट र भिसा खर्च मात्रै आवेदकले खर्च गर्नुपर्ने बताइएको छ ।

कामदारले भिसा आवेदन गर्दा लाग्ने कुल खर्च २ सय ५९ पाउण्ड अर्थात् करिब ४० हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ । बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्ममा काम गर्न १ सय ५० जना नेपाली ल्याइएको र उनीहरू सबैले अवैधरूपमा महँगो शुल्क तिर्नु परेको समाचारमा उल्लेख छ । ती कामदारमध्ये धेरैले बेलायतमा जागिर मिलाइदिने कम्पनीका लागि काम गर्ने एजेन्टहरूलाई उक्त रकम तिरेको दाबी गरेका छन् ।

Inside Article Ads

यस्तो छ रिपोर्ट

https://www.theguardian.com/global-development/2022/may/27/migrant-fruit-pickers-charged-thousands-in-fees-to-work-on-uk-farms-investigation-shows?fbclid=IwAR0Fig2tpmEJwxVTs5q-uM7SS30X4m909a6JwEdV1T1JP9cNnjYj6d9NFB8

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.