Fast Nepal News

आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना

banner single news

काठमाडौं ─ १६ जेठ २०७९

काठमाडौं, उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो । तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।

Inside Article Ads

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.