Fast Nepal News

भरतपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालद्वारा दुईवटा महत्वपूर्ण निर्णय

banner single news

भरतपुर ─ ११ जेठ २०७९

भरतपुर,भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले आज विहान पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गर्नु भएको छ । उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गर्नुभयो भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

Inside Article Ads

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नुभयो ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.