Fast Nepal News

सरकारको निती तथा कार्यक्रम संसदमा राष्ट्रपतिद्वारा प्रस्तुत

banner single news

प्रकाश कपाली। काठमाडौ

आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम संसदमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रस्तुत गर्नुभएको छ।

आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत भएको निती तथा कार्यक्रममा राष्ट्रिय आयोजना र विकासका विषयलाई महत्वपूर्ण स्थान दिइएको छ।

सरकारको निती तथा कार्यक्रममा विकासका लागि छुट्टै कानुन बनाउने, श्रमिकको हक अधिकार सुनिश्चित गर्ने, वातावरणीय प्रदुषण नियन्त्रण गर्ने, सामाजिक संघसंस्थाको पारदर्शिता र दायित्व सुनिश्चित गर्ने, बालबालिकालाई खोप लगाउन सुरु गर्ने लगायतको विषयलाई महत्वपूर्ण रूपमा प्राथमिकता दिएको छ।

त्यसैगरी कृषि,स्वास्थ, रोजगारी ,श्रमिकको हक अधिकार, खाद्य सम्बन्धी हक, राष्ट्रिय गौरवका आयोजना, भू-उपयोग योजना, व्यवसायिक क्षेत्रको विकास, उर्जाको विकास, उद्योग प्रशासनका कार्यलाई प्रभावकारी सञ्चालन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत सोही महत्वपूर्ण विषयलाई प्रस्तुत गरिएको छ।

Inside Article Ads

देशको शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद जगत, सञ्चार जगत आदिका क्षेत्रमा आर्थिक वर्ष २०७९/८० उल्लेख्य प्रगति गर्ने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा सोही महत्वपूर्ण विषयलाई प्रस्तुत गरेको छ।

आधुनिक युगमा प्रविधि विकास अति नै महत्वपूर्ण छ भन्ने विषयमा पनि प्रविधिको विकासलाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यस विषयलाई महत्वपूर्ण स्थान दिइएको छ।

आर्थिक बर्ष २०७९/८० ले विगतका बर्षहरूमा भएका गल्ती र कमी कमजोरीहरूको समीक्षा गर्दै यस आर्थिक वर्षमा सुधार गर्दै लैजाने अपेक्षा लिएको छ।

यसैगरी सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री, मन्त्री राष्ट्रिय सभाका सभासद, प्रतिनिधिसभाका सभासद , सञ्चार क्षेत्रको उपस्थिति रहेको छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.