Fast Nepal News

पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

banner single news

काठमाडौ ─ १० जेठ २०७९

काठमाडौ, जिल्ला अदालत काठमाडौँले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अदालतले आज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । पाण्डे विरुद्ध यौनहिंसा र मानवबेचबिखन तथा ओसारपसार गरी दुई मुद्दामा अनुसन्धान हुनेभएको छ ।

Inside Article Ads

सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजकमध्येका व्यक्ति पाण्डेले पेयपदार्थमा नसालु पदार्थ मिसाएर बेहोस बनाइ आफूमाथि बलात्कार गरेको एक किशोरीको भनाइ सार्वजनिक भएको छ । आरोपित पाण्डे पक्राउ परेपछि आफूमाथि पनि यौनहिंसा भएको उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा पाण्डे विरुद्ध जाहेरी दिनुभएको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.