
काठमाडौं ─ ९ जेठ २०७९
काठमाडौं, गत बैसाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २६८ नगरपालिका र ४५८ वटा गाउँपालिका गरी ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३२० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले २९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १९७ वटा पालिकाको प्रमुख र २२५ वटा पालिकाको उप-प्रमुख पदमा जित हासिल गरेको छ ।
Visited 9 times, 1 visit(s) today
