Fast Nepal News

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काविरुद्ध प्रहरीमा उजुरीb

banner single news

काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य ब्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काबिरुद्द नेपाल प्रहरी अपराध महाशाखामा बिहीवार उजुरी दर्ता भएको हो । खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले ५ करोड ६० लाख ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरुसँग अर्बौ ठगी गरेको भन्दै उजुरी दर्ता गराएका छन ।
प्रहरी स्रोतले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काबिरुद्द उजुरी दर्ता भएको र आफुहरु अनुसन्धानमा रहेको बतायो । उक्त मुद्दामा अध्यक्ष खड्काबिरुद्द आरोप नै आरोप लगाईएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेका छन । म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले कम्पनीको फाईदा ५ करोड ६० लाख रुपैया अध्यक्ष खड्काले आफुहरुलाई बिभिन्न बहाना बनाएर नदिएकाले प्रहरीकोमा पुग्नुपरेको बताए । उनीहरुले सरकारले आफूलगायत अन्यायमा परेका स्वास्थ्य ब्यावसायीलाई न्याय दिलाउनेमा बिस्वस्त रहेको बताए ।
अध्यक्ष खड्काले महासंघमा आवद्ध ३६ संस्थाका संचालकसँग बायोमेट्रिकका लागि मलेसिया पठाउने ३१६४(१०० रिंगेट) र प्रतिकामदार थप २ हजार रुपैयाँ माग गरेपछि महासंघमा ठूलो विवाद भएको छ । अहिले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ६० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ ।
६० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका छन् । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६४ रुपैयाँ मेडिकलबापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जम्मा गर्ने गरिएको छ । खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि २ हजार बिभिन्न सेटिङ भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने थालेपछि उनिहरु एकीकृत भएर खड्काको मनोमानीबिरुद्द ऊत्रिएका हुन । कार्यालय भाडा, स्वास्थ्य उपकरण खरिद गर्दा लिएको बैंकको ब्याज लगायत तिर्न समेत नपुग्ने भन्दै ब्यवसायीहरु बिरोधमा उत्रिई प्रहरीकोमा पुगेका हुन ।
महासंघको केहिसमय पहिलेको बैठकमा कैलाश खड्काले २ हजार बुझाउनुपर्ने भनेपछि किन बुझाउने भन्दै ब्यवसायी बीचमै हात हालाहालको अवस्थासमेत सृजना भएको थियो । खड्काले प्रतिकामदार २ हजार रुपैयाँ आफुलाई बुझाउनुपर्छ भनेर मागेपछि व्यवसायीहरुबीच नै तीब्र विवाद भएको छ । अध्यक्ष खड्काले प्रतिकामदार २ हजार रुपैयाँ महासंघमा आवद्ध ३६ वटै संस्थाका संचालकहरुसँग मागेका छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुसँग राजनितिक नेतृत्व र कर्मचारीलाई घुस बुझाउनुपर्छ भनेर एक कामदार बराबर २ हजार रुपैयाँ बुझाउन दबाब दिने र नदिनेको अनुमतिपत्र खारेज गरिदिने धम्की दिने र यसैकारण लामो समयदेखि स्वर्णिम मेडिकल, हिमालयन मेडिकल हालसम्म पनि बन्द रहेका छन् ।
खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३६ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । महासंघले बायोमेट्रिक शुरु गरेदेखिको अध्यक्ष उनै खड्का छन् । उनले नेपालका राजनीतिक नेतृत्वलाई दिनुपर्छ भनेर विगत ५ बर्षदेखि ३६ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाईरहेका छन । व्यवसायी सधै अन्यायमा परिरहने तर अध्यक्ष मात्रै मालामाल बनेपछि आफुहरु आन्दोलित बनेको व्यवसायीहरुले बताए । यस बिषयमा अध्यक्ष खड्कासँग जनसवालले सम्पर्क गर्दा उनले प्रहरीमा उजुरी परेको जानकारी चाहिं आफूलाई भएको र त्यस्तो खासै केही नभएको जनाउँदै पछि कुरा गर्ने भनेर फोन सम्पर्क बिच्छेद गरे ।-जनसवाल राष्ट्रिय दैनिकबाट साभार

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.