
।
प्रकाश कपाली।
प्रत्येक पाँच वर्षमा एकचोटि मुलुकमा आवधिक निर्वाचन हुन्छ। मुलुकमा आवधिक निर्वाचनमा जनताले आफ्नो अमुल्य मत दिई जनप्रतिनिधि चयन गर्ने गर्दछन्। तर निर्वाचनमा सही तरिकाले मत दिन नसक्दा आफूले दिएको अमूल्य मत खेर जाने सम्भावना रहन्छ।
वि.स २०७४ को निर्वाचनमा नेपालको राजधानी काठमाडौँ जस्तो सहरमा २०,००० मत बदर भएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ। मतदाताहरुले सही तरिकाले मत दिन नजानेका हुन् कि भन्नेमा कुनै शंका नरहेको विज्ञहरु बताउँछन्।
यसैगरी अहिलेको निर्वाचनमा पनि मत बदर हुने सक्ने सम्भावनालाई रोक्नका लागि राष्ट्रिय निर्वाचन आयोगले मतपत्र स्वस्तिक छाप लगाउदा होसियारी पूर्ण तरिकाले मतदान गर्नसमेत आग्रह गरेको छ।
मत बदर हुने सम्भावनालाई कम गर्न कोठा भन्दा बाहिर स्वस्तिक छाप नलगाउन, स्वस्तिक छाप लगाउदा नबुझिने र नलतपतिने गरी नलगाउन, निर्वाचन अधिकृतको सही नभएको मतपत्रमा मतदान नगर्न, आफूले कुनै एक चुनाव चिन्हमा मात्र छाप लगाउन राष्ट्रिय निर्वाचन आयोगले आग्रह गरेको छ।
हालै वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा कोठा नं १ मा मेयर उम्मेदवारलाई,कोठा नं २ मा उपमेयर पदको उम्मेदवार लाई कोठा नं ३ मा वडा अध्यक्ष पदको उम्मेदवारलाई,कोठा नं ४ मा महिला सदस्य पदको उम्मेदवारलाई,कोठा नं ५ मा दलित वडा सदस्य पदको उम्मेदवारलाई कोठा नं ६ मा खुल्ला वडा सदस्य पदको उम्मेदवारलाई ३ चुनाव चिन्हमा मतदान गर्नसमेत अनुरोध गरेको छ।
आफूलाई मनपरेको सही र अब्बल कुनै एक चिन्हमा उम्मेदवारलाई निर्वाचिनमा भाग लिई निर्वाचित गराउनु सबै नागरिकको कर्तव्य भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।निर्वाचन विशेष।
आज राती देखि मौन अवधि सुरु के के गर्न पाईदैन?
प्रकाश कपाली।
आज राति देखि मौन अवधि सुरु हुने भएको छ।मौन अवधि सुरु भए लगत्तै अब राष्ट्रिय निर्वाचन आयोगले उम्मेदवारहरूले अबदेखि निर्वाचन सम्बन्धी गतिविधि गर्न नपाउने भएको छ।
निर्वाचन मौन अवधि सुरु भएलगत्तै कुनै विधि र प्रक्रियाबाट मत माग्न नपाउने, कुनै पनि प्रकारको छलफल, गोष्ठी,सभा र कार्यक्रम गर्न नपाउने,मादक पदार्थ बिक्री वितरण गर्न नपाउने, सामाजिक सञ्जाल, अनलाईन,छापा कुनै माध्यमबाट प्रचारप्रसार र पोष्ट गर्न नपाउने, मतदान स्थल वरिपरि राखिएको प्रचारप्रसार साम्रगी हटाउन पर्ने र मौन अवधिको नियम पालना नगरेमा कारबाही हुने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
