Fast Nepal News

चुनावी सभालाई सम्बाेधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा, यस्ताेछ कांग्रेसकाे साताव्यापी सेड्युल

banner single news

काठमाडाैं – २१  बैशाख २०७९

काठमाडाैं, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बाेधन गर्न आज मोरङको विराटनगर जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेकाे हाे । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

वैशाख २२ गते -चितवनको भरतपुरमा

वैशाख २३ गते- काठमाडौंमा

वैशाख २४ गते- रुपन्देहीको बुटवलमा

Inside Article Ads

वैशाख २४ गते- तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते- कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते- कैलालको धनगढीमा

वैशाख २७ गते- डडेल्धुरामा

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.