Fast Nepal News

तीनवटा वायुको प्रभाव, आज पहाडी भूभागमा वर्षाको सम्भावना

banner single news

काठमाडाैं – २० बैशाख २०७९

काठमाडाैं, नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ । बिहान प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Inside Article Ads

राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ । बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएकाे छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.