Fast Nepal News

हिन्दू धर्मावलम्बीहरुले आज मातातीर्थ औँसी मनाउँदै

banner single news


प्रकाश कपाली।

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातिर्थ औँसी विशेषगरी हिन्दू धर्मालम्बीहरुले मिठा मिठा परिकार र बहुमूल्य उपहार दिई आफुलाई जन्मदिने आमालाई देवीको रूपमा सम्मान गर्छन्।

प्रत्येक वर्ष जसरी यस वर्ष पनि हिन्दू धर्मावलम्बीहरुले आमालाई मिठा मिठा परिकार र बहुमूल्य उपहार दिई यस दिनलाई अमूल्य चाडपर्वको रूपमा मनाउँदैछन्। यसैगरी आमाको परलोक हुनुभएको व्यक्तिहरुले आफ्नो आमाको स्मरण गर्दै बह्मणलाई खानेकुरा लगायत मिठा परिकार दान गर्ने र नजिकको तीर्थमा गएर नुहाउने समेत प्रचलन रहिआएको छ।

आमा भन्ने शव्द आफैमा अत्यन्त महान र महत्वपूर्ण छ। हामीलाई जन्मदिने, हुर्काउने, लालनपालन गर्ने व्यक्ति केवल आमा हुन।

Inside Article Ads

आमा नै सबैको माया र प्रेरणाको स्रोत हुन् एक असल गुरूआमा हुन्।संघर्षको यात्राको सहयात्रि हुन् र असल बाटोमा अगाडि बढाउने हाम्रा असल साथी हुन्।

जिन्दगीको हरेक पाईलामा आमा सधैं असल सहयोगीका रूपमा प्रस्तुत भई हामीलाई हर अप्ठ्यारो बाट उन्मुक्ति गराइदिन्छन्। त्यसैले आमाको महिमा अपरम्पार छ।

युगकवि सिद्धिचरण श्रेष्ठले आमाको महिमा अपरम्पार छ भनी वर्णन गर्दै आमालाई बोट र उनका सन्तानहरूलाई फूलहरूसँग तुलना गर्दै आमाको महिमागान गाएका छन्।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.