Fast Nepal News

मदनभण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकूलपति निलम्बित

banner single news

काठमाडाैं– १६ बैशाख २०७९

बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो ।

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ ।

Inside Article Ads

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति हुनुभएको थियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.