
प्रकाश कपाली।
सार्वजनिक बिदा दिने विषय विगत लामो समयदेखि मन्त्रिपरिषदमा विचाराधीन अवस्थामा रहेको थियो। मन्त्रिपरिषदमा विचाराधीन रहेको विषयमा मन्त्रिपरिषद्को बैठकले हप्ताको दुई दिन शनिबार र आईतबार बिदा दिने निर्णय गरेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर शाहीले २०७९ जेठ १ गतेका दिनदेखि लागु हुनेगरी हप्तामा दुई दिन बिदा दिने विषयमा सरकारको प्रवक्ताको तर्फबाट बोल्दै अन्य दिनहरुमा बिहान ९.३० देखि दिउँसो ५.३० बजेसम्म कार्यालय संचालन हुने बताउनुभयो।
