Fast Nepal News

काठमाडौ महानगरपालिका वडा ४ को अध्यक्षमा न्याैपानेले टिकट पाएपछि जनता उत्साहित

banner single news

काठमाडौँ – १३ बैशाख २०७९

काठमाडौँ, नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका ४ वडा अध्यक्षमा राम प्रसाद न्यौपाने वडा अध्यक्ष मनोनयन दर्ता गरेपछि वडावासी उत्साहित भएका छन् । वडामा आफूले चाहेजस्तो मान्छे अध्यक्ष हुने भएपछि पार्टीसमेत नहेरी मतदान गर्ने जनाएका छन् । न्यौपाने लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै आएका छन् ।

उनको पार्टी नेपाली काङ्ग्रेस भए पनि अहिलेसम्म कसैलाई पार्टीगत आधारमा भेदभाव नगरेको गुण मान्छेले सम्झिरहेका छन् । उनले जनताकै चाहना र भावनाको सम्बोधन गर्नका लागि आफू वडा अध्यक्ष हुनुपरेको बताएका छन् । आज उम्मेदवारी दर्ता गरिरहँदा उनको पक्षमा ठुलो जनलहर देखिएको छ। हिजोका दिनमा बाहिर बसेर सहयोग गरेको सम्झँदै भने ‘ म तपाइहरुको नै प्रतिनिधि हुँ, म शासक होइन सेवक बन्न चाहन्छु ।’

Inside Article Ads

न्याैपाने भनेजस्तै उनी साँच्चै वास्तविक रुपमा जनताको सेवक नै हुन् । कसैलाई दुःख परेको ठाउँमा उनी पुग्ने गर्छन् । आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्दै आएका उनले एक पटक सेवा गर्ने मौका दिन अनुरोध गरेका थिए । यसभन्दा अघि पनि वडा सदस्य उम्मेदवार रहेका उनले त्यतिबेला थोरै मतले मात्र हारेका थिए तर पनि जनताभन्दा कहिल्यै पनि टाढा रहेनन् । स्थानीयले समेत साझा व्यक्तिको रुपमा राम प्रसाद लाई बुझेका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.