
आयुष्मा गिरी। प्रकाश कपाली।
वाच्छा-१ पर्वत स्थायी ठेगाना भएका लुम्बिनी विश्वविद्यालयबाट बुद्धिजम विषयमा स्नातकोत्तर गरेका र वाल्मीकि विद्यापीठबाट योग तथा प्राकृतिक चिकित्सकको तालिमप्राप्त गरेका युवा बिक्रम खड्काले
नेपाली युवा बिक्रम खड्काले करिब ३ घण्टा ५० मिनेट वृक्षासन (treepose) अर्थात् जमिनको सतहमा एउटा खुट्टा र घुँडामाथि अर्को खुट्टा राखी नमस्कार मुद्रामा राखी वृक्षासन योग गर्न सफल भएका छन्।


यसैगरी युवा बिक्रम खड्का करिब तीन घण्टा पचास मिनेट लगातार वृक्षासनमा बसी गिनिज बुक अफ वर्ल्ड रेकर्ड पुरस्कारद्वारा सम्मानित भएका हो।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले विश्वलाई नेपालसामु योगको माध्यमबाट चिनाउन सफल भएको छ भनी खुसी प्रकट गर्नुभयो।
यसैगरी डा. बिकासनन्द योगीले नेपाल अध्यात्मिक भूमि भनी विश्वसामू चिनाउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो अमुल्य धारणा सबै सामु व्यक्त गर्नुभयो।
युवा बिक्रम खड्काले गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गर्नु सबै नेपालीको लागि गौरवको विषय बनेको छ।
