Fast Nepal News

कस्ताे छ आजकाे माैसम ?

banner single news
काठमाडौं – ०६ बैशाख २०७९ 
काठमाडौं, नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
Inside Article Ads

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.