Fast Nepal News

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस

banner single news

काठमाडौं – ०५ बैशाख २०७९

काठमाडौं, सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । आज बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ ।

सातदिनभित्रमा कहि कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उनलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा भएसँगै अर्याललाई भावी महानिरीक्षकका लागि बाटो खुलेको छ । गत ३० चैतमा पुष्पराम केसी महानिरीक्षकमा बढुवा भएका थिए । ३० वर्षे सेवा अवधिका कारण उनी यहि १८ वैशाखमा अवकाश पाउँदैछन् । उनले अवकाश पाएसँगै अर्यालले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने मौका पाउने सम्भावना छ ।

Inside Article Ads

सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ । २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए । सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.