Fast Nepal News

बिहान देशभर बदली, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

banner single news

काठमाडौं – ३० चैत २०७८

काठमाडौं, हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

Inside Article Ads

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.