Fast Nepal News

विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह

banner single news

काठमाडौँ – २४ चैत २०७८

काठमाडौँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकोले हरित वातावरणको सिर्जना र प्रवर्दन गर्न आग्रह गरेको छ। मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वायु प्रदूषण, जलप्रकोप असुरक्षित पानीको प्रयोगको कारण मृत्यु र रोग बढिरहेको उल्लेख गरेको छ।

नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइदै छ । नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको मन्त्रालयले उल्लेख गरेको छ।

Inside Article Ads

विश्वस्वास्थ्य सङ्गठनको अनुसार प्रत्येक वर्ष संसारभर १३ लाखभन्दा बढी मानिसको मृत्यु वातावरणीय कारणले हुने गरेको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावमा झाडापखाला जस्ता रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.