Fast Nepal News

उर्जाशील युवा समुह कार्यसमिति गठन सम्पन्न

banner single news

प्रकाश कपाली / काठमाडौं सामाजिक कार्यमा सक्रिय रहने उद्देश्यले युवा विद्यार्थी र युवा पत्रकारहरुको सक्रिय सहभागितामा उर्जाशिल युवा समुहको गठन भएको छ। पत्रकार तथा समाजसेवी रमन वनको सामाजिक कार्य गर्ने प्रस्तावलाई स्वीकार गर्दै २०७८/१२/१३ गते आईतबारका दिन सक्रिय युवाहरूको सहभागितामा यस समुहको निर्माण गरेको थियो।समुहको निर्माण गरेसँगै आज मिति २०७८ चैत १४ गते समुहको कार्यलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन उर्जाशील युवा समुहले समुहको नेतृत्वको लागि प्रदाधिकारी चयन गरेको छ। उर्जाशील युवा समुहले आर्जु खड्काको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेको छ। यसैगरी उपाध्यक्षमा रमन वन, कोषाध्यक्षमा पारस श्रेष्ठ, सचिवमा प्रकाश कपाली, वरिष्ठ सदस्यमा सुस्मिता खड्कालाई सर्वसम्मतले चयन गरेको छ। यसैगरी वरिष्ठ सदस्य बाहेक अन्य व्यक्तिहरुलाई यस समुहको सदस्यको रूपमा रहने उर्जाशील युवा समुहको बैठकले निर्णय गरेको छ। सामाजिक कार्यमा सक्रिय भएर लाग्ने उद्देश्यले स्थापित समुहको बैठकले नेतृत्व चयन गरिसकेको उपाध्यक्ष रमन वनले बताउनुभएको छ। आगामी दिनमा सामाजिक कार्यमा यस समुह प्रतिबद्ध भएर लाग्ने निर्णय कार्यान्वयनको चरणमा अघि बढ्ने अध्यक्ष आर्जु खड्काले बताउनुभएको छ। सामाजिक कार्यको लागि स्थापित यस समुहले आगामी दिनहरुमा के कस्ता कदमहरु अघि बढाउँदै जान्छन् त्यो भने हेर्न बाँकी छ। यस समुहले आफ्ना प्रतिबद्धताहरूलाई नियममा मात्र सीमित नराखी कार्यान्वयन गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.