
काठमाडौ ।चैत १३
शिलापत्र द्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् उत्कृष्ट पाँच जनालाई पुरस्कार वितरण गरिएको छ ।
पाँच विधामध्ये कल्चर एण्ड फेस्टिबल विधामा प्रसन श्रेष्ठ, ल्याण्डस्केप विधामा निरोज पौडेल, पोट्रेट विधामा सरोज बैजू, स्ट्रिट विधामा सिद्धार्थ महर्जन र वाइल्ड लाइफ विधामा विनय रावलको फोटो उत्कृष्ट भएको हो ।
उत्कृष्ट पाँच जनालाई ५० हजार नगद, फोटो बुकसहित सम्मानपत्र वितरण गरिएको छ । गत भदौमा शिलापत्रले प्रतिस्पर्धाका लागि आह्वान गरेकोमा ५ हजार फोटो प्राप्त भएकाे अायाेजकले जनाएको छ ।
त्यसमध्ये हरेक विधामा ५/५ जना छनोट भएका थिए । प्रतियोगिताको निर्णायकमण्डलमा फोटोपत्रकारहरू मिनरत्न वज्राचार्य, गोरख विष्ट र स्कन्द गौतम थिए ।
शिलापत्र मल्टिमिडिया पोर्टलले ‘नेपाल बिम्ब फोटो बुक’ प्रकाशित गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरेको फोटो प्रतियोगिता ‘नेपाल बिम्ब’ मा आएका उत्कृष्ट फोटोहरूको सँगालो फोटो बुक प्रकाशित गरिएको हो ।
