Fast Nepal News

चिनियाँ विदेशमन्त्री र माओवादी अध्यक्ष दाहाल बीच भेटवार्ता

banner single news

काठमाडौँ — १३ चैत्र २०७८

काठमाडौँ , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष दाहालसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागी थिए ।

Inside Article Ads
यसअघि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।उनी आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.