Fast Nepal News

पत्नीको कुटाइबाट मृत्यु

banner single news

मकवानपुर — ०९ चैत्र २०७८

मकवानपुर , मकवानपुरको हेटौंडा-३ जम्बोस्थित पत्नीको कुटाइबाट मंगलबार साँझ ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । हेटौंडा-३ जम्बोमा घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका पति मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

पत्नीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बताइएको छ। घटनापछि अनिता विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.