Fast Nepal News

धरौटीमा छुटे एमाले सांसद बानियाँ

banner single news

नेपालगन्ज — ०४ चैत्र २०७८

नेपालगन्ज , बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले)का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । सांसद बानियाँले माघ १९ गते नेपालगन्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै पीडितले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । उजुरीपछि फागुन १६ गते नेपालगन्ज विमानस्थलबाट सांसद बानियाँ पक्राउ परेका थिए ।

Inside Article Ads
जुम्लाकी ती शिक्षिकाले आफूमाथि सांसद बानियाँले माघ १९ गते शुक्रबार नेपालगन्जस्थित होटल अप्सरामा एकैदिन दुईपटक बलात्कार गरेको आरोप लगाउँदै माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् प्रहरीले घटना अध्ययन गरेर माघ २७ गते बिहीबार मुद्दा दर्ता गरेको थियो । फागुन २ गते सांसद बानियाँलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको थियो । फागुन १६ गते सोमबार प्रहरीले उनलाई नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । पीडित महिलाले आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।    

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.