
सर्लाही — ३० फागुन २०७८
सर्लाही , सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उपसभापति बाहेक सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् । सभापतिमा संस्थापन पक्षका उम्मेदवार सिंहले कोइराला पक्षका उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतले पराजित गरे । सिंहले १ हजार ७ सय ५८ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वसभापति समेत रहेका रायले १ हजार ३ सय ७८ मत मात्र ल्याउन सफल भए । उपसभापति पदमा संस्थापनकै डा. सरोजले १ हजार ७ सय ६४ र इतर पक्षका नविन अधिकारीले १ हजार ४ सय ९३ मत ल्याइ विजयी हात पारे ।
( कान्तिपुर दैनिक )
