
काठमाडौँ — ३० फागुन २०७८
काठमाडौँ , नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । सिंहले ७६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार हुमनाथ कोइरालाले भने जम्मा ३२ मत मात्र ल्याएका छन् । सिंह यसअघिका अध्यक्ष र पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) विजयी भएका छन् । शुक्रबार सुरु महासंघको २३औं साधारणसभा तथा १२ औं अधिवेशनबाट उपाध्यक्षहरूमा प्रदेश १ बाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, वाग्मती प्रदेशबाट बालकृष्ण थापा, लुम्बीनीबाट टोपबहादुर रायमाझी, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।

( कान्तिपुर दैनिक )
