Fast Nepal News

रुसले कोरोना भाइरसविरुद्धको खोप विदेशमा बिक्री गर्ने प्रक्रिया थाल्यो

banner single news

साउन २१ – रुसले कोरोना भाइरसविरुद्धको खोप विदेशमा बिक्री गर्ने प्रक्रिया थालेको छ । आफूले विकसित गरिरहेको कोरोना भाइरसविरुद्धको खोप विदेशमा बेच्न आवस्यक प्रक्रिया थालिएको रुसी अधिकारीहरुले जनाएका हुन् ।

खोप विकास भएपछि अर्को फड्को मार्दै गएको रुसले यही अगष्ट महिनाको १० तारिखसम्म मुख्य खोपलाई प्रयोगका लागि अनुमति दिने र विदेश निर्यातका लागि सम्झौता गर्ने तयारी गरिरहेको बेलायती सञ्चारमाध्यम द गार्डियनले लेखेको हो । यससँगै रुसले अक्टोबरदेखि मुलुकमा ‘मास भ्याक्सिनेसन’ सुरु गर्ने तयारी पनि गरेको छ ।

गार्डियनको रिपोर्टअनुसार रुसले सुरुमा यो खोप निर्यातका लागि भारत, ब्राजिल र साउदी अरबसँगसँग सम्झौता गर्ने भएको छ । यी मुलुकहरुले रुसको खोप किन्न चासो देखाएको रुसी अधिकारीहरुले बताएका छन् ।

Inside Article Ads

रुसले अर्को महिना अर्थात सेप्टेम्बरमा खोप उत्पादन सुरु गर्ने भएको छ । विकासकर्ताहरु स्वयंले पनि परीक्षणका क्रममा यो खोप लगाएका थिए । त्यसमा उच्च पदस्थ स्वास्थ्य अधिकारीहरु समावेश रहेको बताइएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.