Fast Nepal News

सप्तरीमा आगलागी : १० परिवारका ३२ घरगोठ जले

banner single news

राजविराज — २९  फागुन २०७८

राजविराज , सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका १० परिवारका ३२ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए । गाउँलेहरु गाउँमै भोज खाइरहेका बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् ।

आगलागीबाट ४ वटा बाख्रा समेत जलेर मरेका छन् भने छोरीको विवाहको तयारीमा रहेका डम्बर यादपको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन र १० तोला चाँदी समेत जलेको वडाध्यक्ष यादवले बताए । हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र राजविराजस्थित प्रहरी तालिम केन्द्रको वारुणयन्त्र, प्रहरी र स्थानियवासीको सहयोगमा ३ बजे आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष यादवले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने भइरहेको उनले बताए ।     

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.