
काठमाडौँ — २६ फागुन २०७८
काठमाडौँ , भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । फेब्रुअरी २० मा भएको विधानसभा चुनावको नतिजा बिहीबार बिहानदेखि आउन सुरु भएको हो । हालसम्म प्राप्त नतिजा अनुसार ११७ सिट रहेको पञ्जाब विधानसभामा आपले झन्डै दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ । १ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्ने भए पनि आपले करिब ९० सिटमा जित हात पार्ने निश्चितजस्तै देखिएको छ । सरकार बन्ने निश्चित भएसँगै पञ्जाबका विभिन्न ठाउँमा ‘बल्ले बल्ले’ शैलीमा आप समर्थकले खुसियाली मनाइरहेका छन् ।
( कान्तिपुर दैनिक )
