Fast Nepal News

बारीमा गाडेर राखिएको गोलिया बरामद

banner single news

धनुषा — २५ फागुन २०७८

धनुषा , बारीमा गाडेर राखेको अवस्थामा चोरीको सालको गोलिया बरामद भएको छ । स्थानीय सामुदायिक वनबाट चोरी गरी ल्याइएका ४/५ फिट लम्बाइका १ सय ८५ थान सालको गोलिया बारीमा गाडेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय प्रमुख सुनीलकुमार कर्णले बताए ।

उनका अनुसार नियमित गस्तीका क्रममा सोमबार दिउँसो धनुषाधाम–६ मालटोलबाट १८१ थान गोलिया र ४ थान चिरान गरिएको अवस्थामा २५५ क्युफिट काठ फेला पारिएको हो । बरामद काठ सबडिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ । ‘कुन क्षेत्रबाट काटेर ल्याइएकोबारे अनुसन्धान भइरहेको छ,’ कर्णले भने, ‘वन सुरक्षाका लागि कर्मचारी कम हुँदा धनुषामा रातको समयमा तस्करहरू सक्रिय हुन थालेका छन् ।’  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.