Fast Nepal News

लय समात्दै अपार्टमेन्ट व्यवसाय

banner single news

काठमाडौँ — २२ फागुन २०७८

काठमाडौँ , भूकम्पले खस्किएको अपार्टमेन्ट कारोबारले गति लिन थालेको वर्ष दिन पुग्दा नपुग्दै कोरोना महामारीले देश नै आक्रान्त बन्यो । भूकम्पको तुलनामा थोरै भए पनि कोरोना महामारीमा अपार्टमेन्टको कारोबार खस्कियो । पछिल्लो समय भने अपार्टमेन्ट बिक्री उकासिन थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।  भूकम्पपछि घटेको अपार्टमेन्टको कारोबार आर्थिक वर्ष २०७४/७५ मा तुलनात्मक रूपमा बढेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७३/७४ मा १ सय ५४ वटा अपार्टमेन्टको कारोबार हुँदा २०७४/७५ मा खरिदबिक्री बढेर ७ सय ६२ पुग्यो । त्यसपछि भने अपार्टमेन्ट कारोबारलाई पनि कोरोना महामारीको असर पर्‍यो । फलस्वरूप आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ५/५ सय हाराहारीमा मात्र अपार्टमेन्टको कारोबार भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७७/७८ मा भने त्यसमा पनि घटेर ४ सय हाराहारीमा कारोबार भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४४ करोड ५० लाख ४२ हजार रुपैयाँ बराबरको १ सय ५४ वटा अपार्टमेन्टको कारोबार हुँदा विभागले ५ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबरको ७ सय ६२ वटा अपार्टमेन्ट बिक्रीवितरण भएको थियो । विभागका अनुसार २०७५/७६ मा ३ अर्ब ९९ करोड ५१ लाख २३ हजार रुपैयाँ बराबरको ५ सय ३९ वटा अपार्टमेन्ट खरिदबिक्री भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ६० लाख रुपैयाँ बराबरको ५ सय ३३ वटा अपार्टमेन्ट बिक्री हुँदा १३ करोड ३७ लाख रुपैयाँ राजस्व उठेको थियो । गत आर्थिक वर्षमा ४ अर्ब ५६ करोड ३७ लाख २६ हजार रुपैयाँ बराबरको ४ सय ५७ वटा अपार्टमेन्ट खरिदबिक्री भएको विभागको तथ्यांक छ ।         
Inside Article Ads

भूकम्पपछि नयाँ परियोजना निर्माण हुन नसक्दा अहिले उपत्यकामा अपार्टमेन्ट स्टक सकिने चरणमा छन् । उपत्यकामा अहिले एक सय जति अपार्टमेन्ट स्टकमा रहे पनि हालै बेच्न भने राखिएको छैन । ‘१ सय जति अपार्टमेन्ट धनी आफैंले राखेका छन्,’ नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले भने, ‘मूल्यवृद्धि भएपछि बेच्छन् होला ।’ अहिले उपत्यकामा रहेका अपार्टमेन्ट २०७२ को भूकम्पअगाडिकै हुन् । भूकम्पपछि नयाँ अपार्टमेन्ट पनि बनेका छैनन् । उपत्यकाभित्र तीन वटा कम्पनीले अपार्टमेन्ट निर्माण गर्न स्वीकृति लिए पनि काम सुरु नभएको उनले बताए । ‘अपार्टमेन्टको माग धेरै छ, आपूर्ति भने कम छ, भएको बिक्री भइसक्यो,’ उनले भने । झन्डै दुई दशकदेखि उपत्यकामा मात्र सीमित भएको अपार्टमेन्टको संस्कृति उपत्यकाबाहिर विराटनगर, वीरगन्ज, भैरहवा र पोखरामा पनि सुरु भएको उनी बताउँछन् ।                  

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.