Fast Nepal News

४६७ अधिकृतको नाम स्थानीय तह निर्वाचनका लागि न्यायपरिषदले पठायो

७ सय ५३ स्थानीय तहको निर्वाचनका लागि अब अपुग हुने करिब ३ सय कर्मचारी निर्वाचन आयोगले सरकारसँग माग गर्नेछ

banner single news

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगमा न्याय परिषदले स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४ सय ६७ जनाको नाम पठाएको छ ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको बताए । परिषदको सोमबारको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३ सय ७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो ।सिन्धुली र रामेछापका जिल्ला न्यायाधीश अरु काममा समेत व्यस्त भएकाले उनीहरुको ठाउँमा अरु नाम पठाइएको छ ।

७७ जिल्लाका एक,एक न्यायाधीश बाहेक जगेडाका लागि थप १७ गरी कुल ९२ जना न्यायाधीशको नाम पठाइएको हो । उनीहरु जिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृत भई मुख्य निर्वाचन अधिकृतको भूमिका समेत निर्वाह गर्नेछन् ।त्यसैगरी न्यायसेवाको विभिन्न समूहबाट ३ सय ७५ जना उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । प्रवक्ता कार्कीका अनुसार, न्यायप्रशासन समूहबाट १७९, कानून समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ जनाको नाम पठाइएको हो ।

Inside Article Ads

सबैजना उपसचिवस्तरका कर्मचारी हुन् । आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाबाट करिव ३ सय कर्मचारीहरुको नाम सिफारिस हुने अनुमान गरेकोमा न्यायपरिषदले डेढ सयभन्दा बढी कर्मचारीको नाम सिफारिस गरेको हो ।

अपुग भएका निर्वाचन अधिकृतहरु निजामती प्रशासनको उपसचिवस्तरका कर्मचारी खटाई परिपूर्ति गरिनेछ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.