
काठमाडौ ।फागुन १४ समाजवादी कानून व्यवसायी सङ्गठन (SPLA) विधिवत रूपमा स्थापना गरिएको घाेषणा भयाे । डेकेन्द्र सुवेदीको अध्यक्षतामा ९१ जना केन्द्रीय समिति समेत निर्माण गरिएको छ । महासचिवमा अधिवक्ता अम्बर रावत चयन हुनुभएको छ ।








कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भन्डारिलाई सम्मानित गरिएको थियाे भने शम्भु थापा लगायतका वरिष्ठ अधिवक्ताहरूले शुभकामना दिनुभएको थियाे ।कानुनको ईन्चार्ज एवं नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य घन प्रसाद गाैतमकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भयाे । अधिकाङस वक्ताहरूले अाउदै गरेकाे वेपाल वारकाे चुनावमा कसरी जाने र वारकाे सम्मेलनमा अाफुहरू प्रस्तुत हुने विषयमा गम्भीर हुन सुझाव दिएका थिए ।
