Fast Nepal News

गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

banner single news

(धनगढी) —  १३ फागुन २०७८

(धनगढी), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी जस्तोसूकै चुनौतिको पनि सामान गर्न तयार रहेको बताएका छन् । एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कायम राख्ने नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताए । उनले एमसिसिमा रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने आफूहरुको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने दोहोर्‍याए ।

‘अमेरिकी धम्कीले थप आशंका जन्मायो,’ अध्यक्ष नेपालले भने, ‘अनुदानमा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।’ असंलग्न परराष्ट्र नीति लिएको नेपाल कुनैपनि सैन्य संगठनमा सामेल हुन नसक्ने बताउँदै विशुद्ध आर्थिक सहायता स्वीकार गर्न कुनै आपत्ति नरहेको उनको भनाई छ । धनगढीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा नेता नेपालले बामगठबन्धनको तत्काल कुनै सम्भावना नरहेको बताए । लोकतान्त्रिक शक्तिहरुबीच भने सहकार्य हुनसक्ने उनको भनाई थियो ।                 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.