
जुम्ला — १२ फागुन २०७८
जुम्ला , त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने बिएड तेस्रो वर्षको परीक्षा केन्द्र सारेपछि विद्यार्थीलाई परीक्षा दिन सुर्खेत आउनुपर्ने भएको छ ।
यसअघि जुम्ला बहुमुखी क्याम्पसमै हुन्थ्यो । मंगलबार मात्रै केन्द्र सारिएको सूचना आएपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन् ।
( कान्तिपुर दैनिक )
