Fast Nepal News

रुस-युक्रेन द्वन्द्वको बाछिटा नेपालसम्म

banner single news

काठमाडौँ — १२ फागुन २०७८

काठमाडौँ , पूर्वी युरोपमा फेचिलो बन्दै गएको रुस र युक्रेनबीचको द्वन्द्वको बाछिटा नेपालसम्म पर्न थालेको छ । अन्तर्राष्ट्रिय तथा भूराजनीतिक जानकारहरूले दुई मुलुकबीचको विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने सुझाव दिएका छन् । रुसले सन् २०१४ मा युक्रेनको क्रिमिया क्षेत्र र अहिले अन्य क्षेत्रमा गरिरहेको क्रियाकलापले नेपालजस्तै संवेदनशीलता भएका साना राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्र डोनेत्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिए । पुटिनले मानवअधिकारको संरक्षण गर्ने भन्दै त्यस क्षेत्रमा रुसी सेना पनि खटाए । त्यसको प्रतिकार गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी घोषणाले आफ्नो मुलुकको सार्वभौमिकता र अखण्डतालाई चुनौती दिएको वक्तव्य दिए । युक्रेनले लामो समयदेखि युरोपेली युनियन (ईयू) र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा समावेश हुन चाहेको छ, जसको रुसले विरोध गर्दै आइरहेको छ । रुस युक्रेनबाट ३० देश सामेल सुरक्षात्मक गठबन्धन नेटोमा सामेल नहुने ग्यारेन्टी खोजेको छ तर युक्रेनले उक्त संगठनको सदस्य भइछाड्ने अडान लिएको छ ।

युक्रेनले पश्चिम युरोप र रुसलाई जोड्छ । भूअवस्थिति र भूराजनीतिक हिसाबमा युक्रेन संवेदनशील क्षेत्रमा छ । युक्रेन नेटोको सदस्य भएमा रुसको सीमा क्षेत्रमा उक्त संगठनको सेना घुम्न सक्छन् । त्यसले रुसको राष्ट्रिय सुरक्षामा असर गर्छ भन्ने पुटिनको निचोड छ । तत्कालीन सोभियत संघको एक भाग रहेको युक्रेनसँग रुसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ । युक्रेनमा रसियन भाषा बोल्ने धेरै छन् । सन् २०१४ मा रुसले आफ्नो भाषा बोल्ने बाहुल्य रहेको क्रिमियालाई युक्रेनबाट कब्जा गरेको थियो । त्यसयता दुई मुलुकबीचको सम्बन्धमा लगातार रूपमा चिसोपन आइरहेको छ । भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यातले नेपाल सरकारले यस विषयलाई लिएर स्पष्ट धारणा बाहिर ल्याउनुपर्ने बताए । ‘युक्रेनमाथि रुसले गरेको यो गतिविधिलाई सानो राष्ट्रको संवेदनशीलताका रूपमा लिएर नेपालले बोल्नुपर्ने हुन्छ किनकि नेपाल दुई ठूला मुलुकको बीचमा छ,’ उनले भने । उनले चीन र भारतको द्वन्द्व भइरहँदा हिमालय क्षेत्रमा नेपाल मात्र स्वतन्त्र रूपमा आफ्नो नीति अवलम्बन गर्ने मुलुक रहेको बताए ।

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सबैभन्दा पहिलो कुरा नेफालले युत्रेनमा रहेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिए । उनी अहिले रुस र चीनको सम्बन्ध अमेरिकासँग बिग्रँदै गइरहेको र रुसलाई पश्चिमा मुलुकले नाकाबन्दी लगाए पनि चीनले सहयोग गर्ने देखिएको बताए । नेपाल शान्तिप्रिय मुलुक रहेको र असंलग्न परराष्ट्र नीति अपनाएका कारण दुवै मुलुकले वार्तामार्फत समस्या समाधान गरिनुपर्छ भनेर आफ्नो विचार प्रस्ट ल्याउनुपर्ने बताए । ‘नेपालले बल प्रयोग गर्ने नीतिको विरोध गर्नुपर्‍यो,’ उनले भने । युक्रेनीहरूले रुस समर्थित राष्ट्रपतिलाई पदच्युत गरेसँगै रुसले युक्रेनको दक्षिणी तथा पूर्वी भेगका पृथकतावादी विद्रोहीलाई साथ दिन थालेको थियो । त्यसपछि सुरु भएको विद्रोही र युक्रेनी सेनाबीचको भिडन्तमा हालसम्म करिब १४ हजारको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भयो ।
रुस संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक हो । नेपाल र रुसबीचको सम्बन्ध महत्त्वपूर्ण र उतारचढावपूर्ण रहँदै आएको छ तर नेफाल जस्तै सानो मुलुकमाथि युत्रेनको गतिविधिलाई ध्यान दिएर विचार बाहिर ल्याउनुपर्ने भूराजनीतिक जानकार बस्न्यातले बताए । रुसमाथि पश्चिमाले नाकाबन्दी गरे भने नेपालमा सुरक्षा सामग्री तथा हतियार आयातमा असहज हुन्छ । ‘त्यसको विकल्पका रूपमा हामीले अहिले नै ध्यान दिन आवश्यक छ,’ उनले थपे ।
Inside Article Ads

रुस र नेटोबीच सोभियत युनियन रहँदादेखि नै पानी बाराबारको सम्बन्ध छ । त्यस बेला अमेरिकाले सोभियत युनियनलाई ढाल्नका लागि नेटो खडा गरेको थियो । जसमा अमेरिकालाई सफलता पनि मिल्यो । भारतका पूर्वविदेश सचिव श्यामशरणले एक लेखमा अहिलेको घटनामाथि टिप्पणी गर्दै सन् १९७२ मा अमेरिका रुसविरुद्ध चीनको साथ लिएर अघि बढेको थियो भने अहिले रुस अमेरिकाविरुद्ध चीनको साथ लिएर अघि बढिरहेको उल्लेख गरेका छन् । तर, भारत र चीनले भने रुसको घटनालाई लिएर सन्तुलित प्रतिक्रिया दिएका छन् ।

चीनले अप्रत्यक्ष रूपमा रुसलाई साथ दिए पनि भारत झने रुस र युत्रेन विवादले संकटमा परेको छ किनकि भारत, अमेरिका, अस्ट्रेलिया र जापान सम्मिलित चार देशको संगठन क्वाडको सदस्य हो । साथै, पछिल्लो समय भारत र अमेरिकाबीचको सम्बन्ध विस्तार भइरहेको छ तर रुस भारतको पुरानो साथी हो । रुसका लागि अर्का पूर्वराजदूत सूर्यकिरण गुरुङ रुस–युक्रेन द्वन्द्वको घटनाले नेपाललाई निश्चित रूपमा प्रभाव पार्ने मान्छन् । ‘रुसले आक्रमण गर्‍यो भने त्यसको प्रतिरोध गर्ने तयारीमा अमेरिका, बेलायत र अन्य पश्चिमा मुलुकको योजना थियो तर पुटिनले नयाँ रणनीति ल्याएर दुई वटा प्रान्तलाई नै टुक््रयाइदिए,’ उनले भने, ‘अरूले सोचेभन्दा फरक रूपमा घटना भयो । पहिला क्रिमिया पनि रुसले त्यसरी नै खाइदियो । अहिले पनि दुई प्रान्तलाई फुटाएर अघि बढाएको छ ।’ मस्को र त्यस वरिपरि भइरहेका र हुने घटनाले काठमाडौंसम्म प्रभाव पर्ने हुँदा समयमै सतर्क र सजक हुनुपर्ने ऊनले बताए ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.