Fast Nepal News

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

banner single news

बर्दिया — ११ फागुन २०७८

बर्दिया , मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका—४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । आक्रमण गरेपछि स्थानीयले चिच्याउन थालेपछि बाघ भागेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । उनको शव परीक्षणका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याइएको उनले जनाए । अन्य ४/५ जना महिलाले भने भागेर ज्यान बचाएका छन् । यस वर्ष बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि ३४ किमी उत्तर पश्चिममा पर्दछ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 97 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.