Fast Nepal News

पूरा भयो देशका सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम

banner single news

काठमाडौँ — ११ फागुन २०७८

काठमाडौँ , देशका सबै माध्यमिक विद्यालय, स्वास्थ्य संस्था, स्थानीय निकायका कार्यालय र वडा कार्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडानको काम सतप्रतिशत पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । निशुल्क ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजहरूमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका तोकिएका स्थानमा सतप्रतिशत कार्य सम्पन्न गरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालन गरेका परियोजनाहरूको मंगलबार प्रगति विवरण सार्वजनिक गरेको थियो । विवरणअनुसार विभिन्न चरणमा भएका सम्झौता अनुरुप देशभरका सम्पूर्ण सामुदायिक माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।

Inside Article Ads
प्राधिकरणले ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्नेगरी १८ वटा परियोजना बनाएको थियो । तिनमा ७ सय २ स्थानीय निकायका कार्यालय, ५ हजार ९ सय ३३ वटा वडा कार्यालय, ५ हजार २ सय ३३ वटा माध्यमिक विद्यालय र ४ हजार १ सय ८० वटा स्वास्थ्य संस्था गरी कूल १६ हजार ४८ वटा स्थानमा इन्टरनेट विस्तारको काम सञ्चालन गरेको थियो । यीमध्ये ५ वटा स्थानीय निकायको कार्यालय र १ सयवटा वटा वडा कार्यालयबाहेक सबैमा इन्टरनेट सेवा पुर्‍याइएको प्रगति विवरणमा उल्लेख छ । यसरी जडान भएका स्थानमा दुई वर्षसम्म निशुल्क रूपमा इन्टरनेट उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनाहरूमध्ये हालसम्म ७ वटा परियोजनाको मनिटरिङ तथा भेरिफिकेसनको कामसमेत पूरा गरेको विवरणमा उल्लेख छ ।
ब्रोडब्यान्ड परियोजनाका लागि ५ अर्ब ६७ करोड ४६ हजार २ सय ७६ रुपैयाँ तोकिएकोमा हालसम्म ४ अर्ब २१ करोड ५१ लाख ६४ हजार ५ सय ९७ रुपैयाँ (७४.२८ प्रतिशत) सेवा प्रदायकहरूलाई भुक्तानी गरिएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ३० को उपदफा (४) मा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले कोष खडा गर्ने र दूरसञ्चार सेवाका लागि अनुमतिपत्र प्राप्त सेवाप्रदायकले आफ्नो वार्षिक आयको दुई प्रतिशत रकम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ । कोषमा जम्मा भएको रकम प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्रयोग गर्ने व्यवस्था रहेको छ ।               

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.