Fast Nepal News

बालिका बलात्कार मुद्दामा दुई जनालाई कैद सजाय

banner single news

ताप्लेजुङ — १० फागुन २०७८

ताप्लेजुङ , ६ वर्षीय बालिका बलात्कार (हाडनाता करणी) गरेको कसुरमा पाथीभरा याङवरक गाउँपालिकाका ७० वर्षीय वृद्धलाई ११ महिना कैद र १० हजार जरिवाना गरिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले दोषी ठहर गर्दै कैद र जरिवानासँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए । २०७७ चैत १६ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

२०७७ फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यस्तै १६ वर्षीय किशोरी बलात्कार कसुरमा मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका २५ वर्षीय धनबहादुर लुहारलाई १३ वर्ष कैद र कसुरदारबाट पीडितले पाउने गरी १ लाख ५० हजार रुपैयाँ दिलाउन आदेश भएको छ । रेग्मीका अनुसार राउतको इजलासले पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएका छन् ।

Inside Article Ads

अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ ज बमोजिम जम्मा गर्न फैसला भएको श्रेस्तेदार रेग्मीले जानकारी दिए । लुहारविरुद्ध २०७८ असार १५ गते अदालतमा मुद्दा दर्ता भएको थियो । बालिकालई जेठ १४ गते बलात्कार गरेको आरोपमा १९ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उनलाई प्रहरीले जेठ ३० गते घरबाटै गिरफ्तार गरेको थियो ।  

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.