
काठमाडौँ — १० फागुन २०७८
काठमाडौँ , कवि अमृत क्षेत्रीको कविता संग्रह एकान्त भीड सार्वजनिक भएको छ । पोखराबाट लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय क्षेत्रीको यो पहिलो कविता कृति हो । क्षेत्रीको यस कविता कृतिभित्र प्रेम, करुणा, समाज, देश लगायत विभिन्न चार खण्डमा विभाजन गरी १२० वटा कविता छन् । चार खण्ड अन्तर्गत उनले विविध विषयमा कविता लेखेका छन् ।
फुलसँग मित्रता गाँस्छन्,
फगत पुतलीहरू
दियोसँग सती जान्छन् ।’
कवि क्षेत्रीले ‘फूल पुतली र दियो’ शीर्षकको छोटो कवितालाई पुस्तकको आवरणमा नै राखेका छन् । साथै ‘निर्मम याद’, ‘आकाश खसेपछि’, ‘अनुरोध’ जस्ता छोटा कवितामा उनको मौलिक र नयाँ शैली देखिन्छ । पुस्तकलाई इन्डिगो इंकले प्रकाशन गरेको हो । काठमाडौंमा पुस्तक सार्वजनिक गर्दै इन्डिगो इंकले क्षेत्रीका कविताहरूले मानवीय संवेदनालाई गहिरोसँग स्पर्श गर्नसक्ने जनाएको छ। साथै उनका कविता जीवन्त रहने इन्डिगो इंकको भनाइ छ ।
( कान्तिपुर दैनिक )
