Fast Nepal News

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

banner single news

काठमाडौँ — ०८ फागुन २०७८

काठमाडौँ , आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने लगायतका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका नेताहरु बैठकमा सहभागी छन् ।

शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने विषय टुंगो नलागेपछि आज १० बजेका लागि बैठक बोलाइएको भएपनि केही ढिलागरी बैठक सुरु भएको हो । संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन् । एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्‌मा टेबल गर्न तयार देखिएका हुन् ।

Inside Article Ads

शनिबार मात्रै नेकपा समाजवादीले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने निर्णय गरेको थियो । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको थियो । माओवादी स्रोतले पनि एमसीसीका विषयमा सरकार, सदन र सडकमा तीव्र ध्रुवीकरण भएर थप जटिलता आउने देखिएकाले आइतबार संसद्मा टेबल गर्ने तयारी रहेको जनाएको छ । आज प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.