
भक्तपुर — ०८ फागुन २०७८
भक्तपुर , भक्तपुरमा टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका–८ सुडाल रानीबारीमा बा ४ ख ७३५२ नम्बरको टिपरले ठक्कर दिँदा काभ्रे महाभारत गाउँपालिका–२ की ८ वर्षीय विनिता मगरको मृत्यु भएको हो । सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको टिप्परले शनिबार राति करिब १० बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार ती बालिका स्थानीय बीएम इँटा भट्टामा कार्यरत बुबा सूर्यबहादुर मगरसँगै रहँदै आएकी थिइन् ।
( कान्तिपुर दैनिक )
