Fast Nepal News

७१ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

banner single news

प्रकाश कपाली। प्रत्येक वर्ष फागुन ७ गतेका दिन मुलुकमा प्रजातन्त्रको स्थापना भएको अवसरमा विभिन्न राजनैतिक दल र संघ संस्थाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरी धुमधामका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ। विगतको वर्षहरुमा जसरी यस वर्ष पनि विभिन्न राजनैतिक दल र संघ संस्थाहरुले आज ७१ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउँने भएको छ। १०४ वर्ष मुलुकमा कायम रहेको जहानियाँ शासनको अन्त्य र प्रजातन्त्रको उदय भएको दिनको सम्झनामा नेपाल सरकारलगायत विभिन्न संघसंस्थाहरुले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय अगुवाहरु र नेपाली जनताको महत्वपूर्ण योगदानको कदर गर्दै प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाउने गरिन्छ। प्रजातन्त्रका उदयसँगै मुलुकमा जननिर्वाचित सरकारले जनताको हक अधिकार स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयलाई उत्ठान गर्दै प्रजातन्त्रिक आन्दोलनले मुलुकमा ल्याएको आमूल परिवर्तनको आभास गर्दै यस वर्षपनि औपचारिक र भर्चुअल माध्यमबाट ७१ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रको उच्च पदस्थ व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, शीर्ष राजनैतिक दलका नेताहरु लगायत नागरिक समाज बुद्धिजिवी वर्ग,आमसर्वसाधारणले शुभकामना आदानप्रदान गर्दै विगतका वर्षहरुमा जसरी यस वर्ष पनि प्रजातन्त्र दिवस भब्य रुपमा मनाउने भएको छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.