Fast Nepal News

‘किड्स मोडल अफ दी ईयर–२०२२’ को शिर्ष ताज वान्जे शेर्पालाई

banner single news

काठमाडौ – वान्जे शेर्पाले एभरेस्ट इभेन्ट्सले आयोजना गरेको ‘किड्स मोडल अफ दी ईयर–२०२२’ को उपाधि हात पारेका छन् । उपाधिसँगै विजेता शेर्पाले साईकलसहित विभित्र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । उनले फेसन इकमर्स फोटोसुट, मोडलिङ, म्युजिक भिडियोसंगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने मौका समेत प्राप्त गरेका छन । एरी तुलाधरले संचालन गरेको उक्त प्रतियोगितामा रितिका बुमी फष्ट रनरअप, मिङ्जेला शेर्पा सेकेन्ड रनरअप, मिशेल महर्जन अर्गनाईजर चोईस, आएस्खा महर्जन ब्रान्ड एम्बासडर घोषित भएको भएको आयोजक संस्था एभरेस्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए । सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफी रहेको उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, इनोभेसन इभेन्ट्सका सिईओ महेश केसी, जिएसके भर्साटाईलकि डिजाईनर गोमा तिवारी र मेकअप आर्टिस्ट निलम पौडेल निर्णायकको रुपमा रहेका थिए ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.