
रुकुम पश्चिम — ०२ फागुन २०७८
रुकुम पश्चिम, एक साताअघि डिभिजन वन कार्यालयले त्रिवेणी गाउँपालिका–१ बाट घाइते अवस्थामा गिद्ध उद्धार गर्यो । त्यसलाई कार्यालयले उद्धार केन्द्रमा राखेको छ । अहिले गिद्धले चारो खान थालेको छ । एक महिनाअघि पनि एक मृगको उद्धार गरिएको थियो । बेलाबेलामा समस्यामा पर्ने वन्यजन्तु तथा पन्छीको उद्धार र उपचारका लागि डिभिजन वनले कार्यालय परिसरमै वन्यजन्तु उद्धार केन्द्र बनाएको हो । असारमा निर्माण गरिएको उद्धार केन्द्रमा हालसम्म २ लोपोन्मुख वन्यजन्तुको उपचार भइसकेको छ । उद्धार गरिएको मृगलाई उपचारपछि बासस्थानमा छोडिएको छ ।
( कान्तिपुर दैनिक )
