Fast Nepal News

हिउँ हटाउन सुरु

banner single news

रुकुम पूर्व — ०२ फागुन २०७८

रुकुम पूर्व, मध्यपहाडी लोकमार्गमा परेको हिँउ सोमबारदेखि हटाउन सुरु गरिने भएको छ । गत साता परेको हिउँले मध्यपहाडी लोकमार्ग ठप्प बनाएको छ । भूमे गाउँपालिका–१ देखि बाग्लुङसम्मको झण्डै पाँच किलोमिटर क्षेत्रमा पाँच फिटसम्म हिउँ जम्मा भएको छ । उक्त खण्डमा कालोपत्र गरिरहेको सिद्धिसाई निर्माण सेवाले हिउँ हटाउने भएको हो । 

 वैशाख नलागी उक्त सडकको हिउँ नपग्लने भएपछि डोजर, स्काभेटर प्रयोग गरेर हिउँ हटाउने तयारी गरिएको भूमेका अध्यक्ष रामसुर बुढाले बताए । जिल्लामा यसपालि सात पटकसम्म हिमपात भएको छ । प्रतिकार्य योजना बनाउँदा हप्तौंसम्म सडक अवरुद्ध हुने र सर्वसाधारण यात्रुले दुःख पाउनुपर्ने अवस्था छ । गाउँपालिका अध्यक्ष बुढाले विपद् प्रतिकार्य योजना बनाउन प्रयास गरे पनि अरू निकायको चासो नभएपछि उक्त योजना बनाउन नसकिएको बताए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.