Fast Nepal News

लमजुङमा सवा लाखलाई कोरोनाविरुद्धको खोप

banner single news

लमजुङ — ०२ फागुन २०७८

लमजुङ , लमजुङमा १ लाख २१ हजार ४ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसमा पूर्ण खोप (२ पटक) लगाएकाको संख्या १ लाख १५ हजार ४ सय ४७ छ । पछिल्लो समय खोप लगाएका विद्यार्थी र पहिलो खोप ढिला लगाएका ५ हजार ९ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो खोप ९२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले बताए । उनका अनुसार पूरा खोप (दोस्रो डोज) ८७ प्रतिशतले लगाएका छन् ।

स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ बर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ४ सय ४२ जनालाई पहिलो डोज मोर्डना खोप लगाइएको छ । दोस्रो खोप १५ हजार ५ जनाले लगाएको स्वास्थ्य कार्यायले जनाएको छ । कार्यालयका अनुसार कुल ५ हजार ५१ जनाले बुस्टर डोज लगाएका छन् । बरालका अनुसार सुरुमा अभियानकै क्रममा खोप दिइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइएको छ ।

Inside Article Ads

स्वास्थ्य कार्यलयका प्रमुख अमर दवाडीका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महला स्वास्थ्य स्वयंसेविका, सरकारी कार्यालयका कर्मचारी, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई ‘बुस्टर डोज’ खोप लगाइएको छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.