
नयाँ दिल्ली — ०२ फागुन २०७८
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल आइतबार दिल्ली भ्रमणमा आएका छन् । उनको भ्रमणलाई गोप्य राखिएको छ । दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा अनभिज्ञता जनाएका छन् । पुस २३ मा विभागको प्रमुख नियुक्त भएका खरेल आइतबार अपराह्न नेपाल एयरलाइन्सबाट दिल्ली आएका हुन् ।
दिल्लीमा उनको बसाइ तीन दिन रहने जनाइएको छ । भारतीय पक्षको निम्तामा तय गरिएको कार्यक्रममा उनी यता आएका हुन् । खरेलले दिल्लीस्थित दूतावासमा यसअघि काउन्सिलरका रूपमा केही वर्ष बिताएका थिए ।
( कान्तिपुर दैनिक )
