Fast Nepal News

सरकारको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेद्वारा सर्वदलीय बैठक बहिस्कार

banner single news

काठमाडौँ — ०२ फागुन २०७८

काठमाडौँ , सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।  तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । ‘यस्तो अवस्थामा सर्वदलीय बैठकमा कसरी बस्न सकिन्छ र ? न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं ।

सरकारको यस्तको भूमिकाका कारण हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले इकान्तिपुरसँग भने । प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई उनले सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले जान नसक्ने बताएका थिए । सोमबार नै एमाले संसदीय दलको बैठक बानेश्वरमा बस्दैछ ।              

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.